केक काण्डमा प्रधानमन्त्री ओलीलाई मुद्दा लाग्ने, ६ महिनासम्म जेल सजाय हुन सक्ने !

Advertisement

काठमाडौँ । प्रधामन्त्री केपी शर्मा ओलीले आइतबार जन्मघर तेह्रथुम पुगेर जन्मदिन मनाउँदा नेपालको नक्सा रुपको केक काटेकोमा सामाजिक सञ्जालहरुमा आलोचना भइरहेको छ ।

नेपाल सरकारका पूर्व सचिव भीमप्रसाद उपाध्यायले प्रम ओलीमाथि नेपालको नक्सारूपको केक काण्ड गरेकोमा मुद्दा लाग्न सक्ने र प्रमाणित भए ६ महिनासम्म जेल सजाय हुने सामाजिक सञ्जालमा लेखेका छन् ।

‘मुलुकी संहिताको दफा १५१ मा राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्न नहुने प्रावधान छ । यसमा जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न नहुने व्यवस्था छ । यो बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई ६ महिनासम्म कैद वा रू ५ हजारसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।’ उपाध्यायले उल्लेख गरेका छन् ।

Advertisement

Advertisement

Advertisement