परिसंघका पदाधिकारी र ताञ्जानियाका राजदूतबीच भेटवार्ता, व्यापारिक र लगानी बिस्तारमा जोड

Advertisement

काठमाडौँ । नेपालका लागि ताञ्जानियाका राजदूत बाराका हरण लुभाण्डा र नेपाल उद्योग परिसंघका पदाधिकारीहरु बीच मंगलबार परिसंघको सचिवालयमा भेटवार्ता भएको छ । लुभाण्डा भारतका लागि आवासीय राजदूत हुन् ।

उक्त अवसरमा राजदूत लुभाण्डाको स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल–ताञ्जानिया बीचको द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउँदै आर्थिक तथा व्यापारिक र लगानी बिस्तारमा केन्द्रित गर्नु पर्ने समय आएको बताए ।

साथै नेपाल र ताञ्जानिया बीच सहजकर्ताको भूमिका निर्वाह गर्न परिसंघ तयार रहेको उल्लेख गर्नु हुँदै उहाँले उत्पादनमुलक क्षेत्र, पूर्वाधार, कृषि तथा पर्यटनका क्षेत्रमा लगानीका सम्भावनाहरु रहेको तर्फ अध्यक्ष मोरले राजदूत लुभाण्डाको ध्यानाकर्षण गराए ।

सो अवसरमा राजदूत लुभाण्डाले ताञ्जानिया र नेपालको आर्थिक तथा निजी क्षेत्रको विकासका लागि दुबै देशले आपसी सहयोगको सम्भावना खोज्नु पर्ने बताए । नेपालको महत्वपूर्ण सम्बन्धलाई आर्थिक अवसरमा बदल्न सबैखाले लगानीका लागि उचित वातावरण तयार गर्नु आफ्नो प्राथमिकतामा रहको बताए ।

लगानी वातावरणमा देखिएका समस्या सुधारमा सहकार्य अघि बढाउने प्रतिवद्धता पनि राजदूत लुभाण्डा गरे । सो अवसरमा परिसंघका पदाधिकारीहरु समेतको उपस्थिति थियो ।

Advertisement

Advertisement

Advertisement