सुनको मूल्य प्रतितोला २२ सय रुपियाँ बढ्यो, यस्तो छ आजको बजार मूल्य

Advertisement

काठमाडौँ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला २२ सय रुपियाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ८० हजार ५०० रुपियाँ तोकिएको छ ।

आज तेजावी सुन प्रतितोला ८० हजार २ सय रुपियाँमा कारोबार भइरहेको छ । हिजो तोजाबी सुन प्रतितोला ७८ हजार रुपियाँमा कारोबार भएको थियो ।

आजको मूल्य नेपालको इतिहासमा अहिलेसम्म कै उच्च मूल्य रहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेर तोलाको ८८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement