सनराइज बैंकले ट्राफिक प्रहरीलाई दियो ४० थान ट्राफिक कोन

Advertisement

काठमाडौँ । सनराइज बैंकले जिल्ला ट्राफिक कार्यालय कैलालीलाई ट्राफिक कोन प्रदान गरेको छ ।

बैंकले ट्राफिक व्यवस्थापनको सहजतालाई मध्यनजर गर्दै धनगढीको कैलाली पुलदेखि रातो पुलसम्म राख्नको लागी ४० थान कोन प्रदान गरेको हो ।

बैंकले आगामी दिनमा पनि देशभर विभिन्न समाजिक कार्यलाई निरन्तरता दिदैं जाने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement