मन्त्रिमण्डल पुनर्गठनको तयारीः को को छन् दौडमा ?

Advertisement

काठमाडौं । यतिबेला अर्थमन्त्री डा. युवराज खतिवडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङले दुई-दुई वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । डा. खतिवडाको काँधमा अर्थ मन्त्रालयका अवला सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी छ भने नेम्बाङको काँधमा भौतिक मन्त्रालयका र शहरी विकास मन्त्रालयको जिम्मेवारी छ । के नेकपामा मन्त्री बनाउने नेता नै नभेटेर एकै जनालाई दोहोरो जिम्मेवारी दिईएको होे त ? पक्कै पनि हो ।

संयुक्त सदनमा दुई तिहाई हिस्सा ओगटेको नेकपामा मन्त्री बन्न सक्षम र अवसर कुरिरहेका एकसे एक नेता छन् । त्यसो भए किन एकै जनालाई दोहोरो जिम्मेवारी दिईयो त ?  नेकपा नेता भन्छन्–‘यो पार्टीको आन्तरिक समिकरण नमिल्दाको परिणाम हो ।’

श्रोतका अनुसार यतिबेला नेकपाको आन्तरिक समिकरण मिल्न लागेको छ । अर्थात, नेकपामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल नजिकिएका छन् । पूर्व एमाले खेमाले यसलाई पार्टी भित्रको समिकरण मिलेको र प्राकृतिक गठबन्धन भन्ने गरेका छन् ।

केपी ओली र माधव नेपालका खास कार्यकर्ताहरुको चाहना ओली–नेपालसँगै हुनुपर्छ, त्यसो भयो भने मात्रै पार्टी बलियो हुन्छ भन्ने ठान्छन् र नेताहरुलाई त्यस्तो वातावरण बनाउन लगातार दबाव पनि दिँदै आइरहेका छन् ।

बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने फागुन १४ गतेको सचिवालय बैठकपछि भने ओली–नेपालबीचको दुरी घटेको बताउन थालिएको छ । ओलीले पार्टीमा आफु रक्षात्मक बन्दै गएपछि नेता नेपालसँगको सम्बन्ध सुधारलाई प्रमुखता दिएको नेताहरुले बताउन थालेका छन् । त्यसको पहिलो प्रयासका रुपमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेर पुष्ठि गर्ने मनस्थिति बनाएको बताइन्छ ।

यतिबेला प्रधानमन्त्री ओली मृगौला प्रत्यारोपणका लागि अस्पतालमा छन् । उनले डिस्चार्ज हुने वित्तिकै दोहोरो जिम्मेवारीमा रहेका दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने श्रोत बताउँछ ।
त्यस बाहेक कमजोर कार्य सम्पादन भएका अन्य केहि मन्त्रीलाई पनि हटाएर ओलीले नयाँ मन्त्री नियुक्त गर्ने सोँच बनाएको श्रोत बताउँछ ।

माधव नेपालले बिरोध खतिवडा, यज्ञराज सुनुवार, बेदुराम भुषाल, कल्याणी खड्का लगायतको नाम अघि सार्ने तयारी गरेको बताइन्छ । उनले यसपाली भने आफ्नो टिम भित्र पनि ‘२४ क्यारेट’ अर्थात जो संकटका समयमा पनि आफैंसँग उभिरहे उनीहरुलाई पहिलो प्राथमिकता दिन लागेका छन् ।

त्यस्तै, ओलीले समुहबाट मन्त्री बन्नेहरुको सूचिको पहिलो नम्बरमा महेश बस्नेत रहेका छन् । उनका अलवा ओलीले पूर्व सभामुख सुभाष नेम्बाङलाई उप प्रधानसहित सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी सुम्पिन चाहेको श्रोत बताउँछ ।

गोँकुल बास्कोटाको रुखो बोलीका कारण चिढिएको सञ्चार जगतलाई नेम्बाङ मार्फत कन्भिन्स गराउने योजना बनाएको पनि श्रोतले बतायो । प्रचण्डको राजनीतिक महत्वकांक्षाबाट पार्टी र देशलाई जोगाउन ओली–नेपाल एक साथ हुनुपर्ने भन्दै ओली निकट नेताहरुले यतिबेला नेपाल निवास कोटेश्वरको फेरो लगाईरहेका छन् ।

तर नेपाल निकटका नेताहरुले केपी ओलीबाट पटक पटक धोखा खाएको भन्दै सचेतता पूर्वक अघि बढ्नुपर्ने बताउँदै आईरहेका छन् ।

Advertisement

Advertisement

Advertisement