बैंकिङ कसुरमा ठेकेदार मनोज भेटवाल पक्राउ

Advertisement

काठमाडौं । पूरानो बसपार्कमा निर्माण गर्न लागिएको भ्यू टावरका मुख्य ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन । बैंकिङ कसुरमा प्रहरीले उनलाई खोजी गरिरहेको बेला भेटवालले मंगलबार आत्मसमर्थण गरेका छन् ।

प्रहरीले पक्राउ गर्ने भएपछि उनी भारतमा लुक्दै आएका थिए । भेटवालको निर्माण कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले भ्यू टावर निर्माण गर्न लागेको हो । दिल्लीबाट आएसँगै महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेर आत्मसमर्पण गरेका भेटवाललाई ७५ लाख १० हजार रुपियाँ बराबरको बैंकिङ ठगी कसुरमा पाटन उच्च अदालतले पक्राउ गर्न प्रहरीलाई आदेश दिएको थियो।

उनी तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका कर्मचारीको मिलेमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ९० लाखभन्दा बढी ऋण लिएको अभियोगमा पनि पक्राउ परेका थिए।

Advertisement

Advertisement

Advertisement