सुनको मूल्य पाँच सय रुपियाँ बढ्यो, आज तोलाको कति ?

Advertisement

काठमाडौँ । केही दिन देखि ओरालो लागेको सुनको मूल्य आज फेरी बढेको छ । हिजो अघिल्लो दिनको तुलनामा प्रतितोला १५ सय रुपियाँ घटेको सुनको मूल्य आज प्रतितोला ५ सय रुपियाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ७७ हजार पाँच रुपियाँ र तेजाबी सुन प्रतितोला ७७ हजार २ सय रुपियाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य स्थीर रहेको छ । आजपनि प्रतितोला ७ सय ९० रुपियाँमा कारोबार भइरहेको हो ।

हिजो छापावाला सुन प्रतितोला ७७ हजार रुपियाँ र तेजाबी सुन प्रतितोला ७६ हजार ७ सय रुपियाँमा कारोबार भएको थियो । गत शुक्रबार भने अघिल्लो दिनको तुलनामा एकै दिन प्रतितोला ३ हजार रुपियाँ घटेर छापावाल सुन प्रतितोला ७८ हजार ५ सय रुपियाँमा कारोबार भएको थियो ।

Advertisement

Advertisement

Advertisement