एसईई परीक्षा रोक्ने सरकारको निर्णय

Advertisement

काठमाडौँ । सरकारले भोलि (बिहीबार)देखि हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।

एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । परीक्षा केन्द्रमा हेल्थ डेस्क राखेर परीक्षा सञ्चालन गर्ने शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले बताउँदै आएका थिए ।

आज दिउँसोसम्म राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले चैत ६ देखि शुरु भई १७ गतेसम्म सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको थियो ।

यस वर्षको एसइई परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुने र परीक्षाका लागि देशभर एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement