कोरोनाको त्रासका कारण नमाज पढ्ने शुक्रबारे कार्यक्रम पनि स्थगित

Advertisement

काठमाडौं । कोरोना भाइरसको त्रासका कारण भिडभाडयुक्त कार्यक्रमहरु स्थगित गर्ने क्रममा मुसलमान समुदायको हरेक शुक्रबारको नमाज पढ्ने कार्यक्रम स्थगित भइको छ । सरकारले धेरै मानिसहरुको भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेसँगै काठमाडौं उपत्यकाका मस्जिदहरुमा नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको हो ।

नेपाली जामे मस्जिद सञ्चालक समितिले कोरोना संक्रमणबाट बच्न शुक्रबारको शुक्रबारको नमाज लगायतका भिडभाडयुक्त कार्यक्रम नगर्न आग्रह गरेका कारण नमाज पढ्न आएका सयौं मुसलमानहरु फर्किएका थिए । आफू पनि बाँचौ अरुलाई पनि बचाऔँ भन्ने सन्देशसहित मस्जिदले सरकारले गरेको अनुरोधलाई ध्यानमा राख्दै सक्दो सयोग गर्न आग्रह गरेको छ । समितिले आ—आफ्नो घर ठाउँबाट नमाज पढ्न सबैलाई आग्रह गरेको छ ।

विश्वका अधिकांश मुलुकमा देखा परेको कोरोना भाइरसको सन्त्रास बढ्सँगै सरकारले २५ जना भन्दा बढि भेला नहुन आग्रह गरेको छ । कोरोनाबाट जोगिन भिडभाडयुक्त कार्यक्रम नगर्न सरकारले आग्रह गरेको थियो ।

Advertisement

Advertisement

Advertisement