'भ्रममा नपरौं, गर्मीले कोरोना भाइरस मर्दैन'

Advertisement

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७३ पुगेको छ भने मृतकको संख्या ९ हजार ८ सय ४० पुगेको छ । विश्वका १७६ वटा देश कोरोना संक्रमणको चपेटामा परेका छन् । इटालीमा एक दिनमै ६ सय २७ जना संक्रमितको मृत्यु भएको छ ।

पछिल्ला केहि दिनमाा विश्वका अधिकांश देशमा गर्मीको मौसम सुरु भएकाले कोरोना भाइरस आफैं मर्ने हल्ला चलिरहेको छ । नेपालसहित दक्षिण एसियाका मुलुकहरुमा पनि अब गर्मी बढेकाले कोरोना भाइरस आफैं नासिँदै जाने अड्कल गरिँदै छ ।

गर्मीले कोरोना भाइरस नमर्ने प्रमाणित भएको छ । बिशेषज्ञहरुका अनुसार ६० देखि ७० डीग्री सेल्सियस तापक्रममा कोरोना भाइरस नष्ट हुँदैन् । यस्तो तामक्रम नेपाल, भारत वा दक्षिण एसियाका कुनै पनि मुलुकमा पुग्दैन् । यो क्षेत्रमा अत्याधिक गर्मी बढ्दा पनि ४५ डीग्री सेल्सियस भन्दा माथी गएको रेकर्ड भेटिन्न ।

ब्रिटेनका डाक्टर सारा जार्बिसले सन २००२ नोभेम्बरमा सुरु भएको सार्स महामारी जुलाईमा समाप्त भएको तर त्यो तापक्रमका कारण हो वा अरु कुनै कारणले हो भन्ने एकिन नभएको बताइन् ।

भाइरसबारे अनुसन्धान गर्ने डाक्टर परेश पाण्डेले पनि गर्मीले कोरोना भाइरस मर्नेबारे कुनै एकिन नभएको बताए । कोरोना भाइरस यतिबेला चिसो र गर्मी मौसम भएका सबै देशमा फैलिएको छ ।

अत्याधिक चिसो हुने ग्रिनल्यााण्डदेखि गर्मी हुने युएई, इरान लगायतका देशमा पनि फैलिएको छ । भारतमै पनि गर्मी हुने महाराष्ट्रदेखि सुख्खा मानिने दिल्लीसम्म कोरोना भाइरस फैलिसकेको छ ।

भारतमा हालसम्म १९५ जनामा कोरोना संक्रमण देखिएको छ भने ४ जनाले ज्यान गुमाएका छन् । महाराष्ट्र र उत्तर प्रदेशमा कोरोनाको संक्रमिट बढी संख्यामा देखिएका छन् । भारतमा एकै दिनमा थप ४० जनालाई कोरोना संक्रमण देखिएको छ ।-एजेन्सीको सहयोगमा

Advertisement

Advertisement

Advertisement