नेप्सेले भन्योः आज खुल्छ, भोलि माथिको आदेश कुर्छौँ, लगानीकर्ता भन्छन्ः साउदलाई कारवाही होस्

Advertisement

काठमाडौं । नेप्सेका सिइओ चन्द्रसिहँ साउदले आइतबार बजार खुल्ने र सोमबारको बजारका बारेमा माथिको आदेश कुर्ने बताएका छन् ।

पाँच वटै लगानीकर्ताका नेताहरुसँगको भेटमा नेप्सेका सिइओ साउँदले आइतबार सेयर बजार बन्द नगर्ने बताएका हुन् । उनले सोमबारबाट बजार के गर्ने भन्ने बिषयमा अर्थमन्त्रालय र धितोपत्र बोर्डको निर्देशन कुर्ने स्पष्ट पारेका हुन् ।

साउँदसँगको भेटपछि सेयर बजारका लगानी कर्ताहहरुले पत्रकार सम्मेलन गरेर साउँदलाई कारवाही गर्न माग गरेका छन् । उनीहरुले केहि ठूला लगानीकर्ताहरुको स्वार्थपूर्तिका लागि साउँदले बजार खुला गरेकाले छानविन गरि कारवाही गर्नुपर्ने माग लगानीकर्ताले गरेका छन् ।

पुँजी बजार लगानीकर्ता सघं, नेपालका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले बजारमा चलखेल गर्न बाटो दिने साउदलाई कारवाहीको माग गरे ।

Advertisement

Advertisement

Advertisement