सुनको मूल्य १ हजार रुपियाँले बढ्यो, आज तोलाको कति ?

,   ९ चैत्र २०७६, आईतवार, १२:४६ pm   
gold-trafficking-tia

काठमाडौँ । सुनको मूल्य आज प्रतितोला एक हजार रुपियाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज तेजावी सुन प्रतिेताल ७६ हजार २ सय रुपियाँ र चाँदी प्रतितोला ७ सय २० रुपियाँमा कारोबार भइरहेको छ ।

aecc

महासंघका अनुसार गता शुक्रबार तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपियाँ र चाँदी ७ सय २० रुपैयाँमा कारोबार भएको थियो ।