कोरोना कोषमा सहयोग गर्ने हो ? यस्तो छ खाता नम्बर

Advertisement

काठमाडौं । सरकारले कोरोनाको संक्रमणसँग जुध्न राष्ट्रिय बाणिज्य बैंकमा खाता खोलेको छ । सरकारले ५० करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरिसकेको छ ।

त्यस्तै, प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले एक एक महिनाको तलब दिने घोषणा गरिसकेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले राष्ट्रिय बाणिज्य बैंकको सिहंदरबार परिसर कार्यालयमा १९६०००००११०१ नम्बरको खाता खोलेको हो ।

कोषमा हालसम्म प्रधानमन्त्रीको सचिवालयका तर्फबाट मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, आर्थिक विकास मामिला सल्लाहकार लालशंकर घिमिरे, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र स्वकीय सचिव राजेश बज्राचार्यले एक महिनाको तलब दिने घोषणा गरेका छन् । त्यस्तै, प्रधानमन्त्रीका विकास पूर्वाधार विज्ञ गजेन्द्र थपलिया, संचार विज्ञ रामशरण बजगाईं र स्वकीय सहसचिव होमबहादुर थापाले आधा महिनाको तलब दिने घोषणा गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सर्वसाधारणलाई पनि कोषमा रकम जम्मा गर्न आव्हान गरेको छ ।

Advertisement

Advertisement

Advertisement