बैंक अफ काठमाण्डूका सीईओ पन्तद्वारा कोरोना उपचार कोषमा १ महिनाको तलब दिने घोषणा

Advertisement

काठमाडौँ । सरकारले स्थापना गरेको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा योगदान गर्नेहरु बढ्दै गएका छन् ।

यसैक्रममा आज बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत (सीइओ) शोभनदेव पन्तले उक्त कोषमा एक महिनाको तलब दिने घोषणा गरेका छन् ।

पन्तको एक महिनाको तलब ५ लाख ५१ हजार ४१३.९४ रुपैयाँ रहेको छ । उक्त रकम उनले कोषमा सहयोग गर्ने घोषणा गरेका हुन् ।

बैंक तथा वित्तीय संस्था र अन्य कर्पोरेट हाउसहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरसका विरुद्ध काम गर्नुपर्ने सीईओ पन्तले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement