निर्माण क्षेत्रमा अलपत्र परेका कामदारलाई घरघर पुर्याइदेउः गृह

Advertisement

काठमाडौं । गृह मन्त्रालयले निर्माण क्षेत्रमा अलपत्र परेका कामदारहरुलाई सम्वन्धित जिल्लासम्म उद्दार गरेर पुर्याइदिन निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा कोरोना संक्रमण रोक्न देशभर लागू गरिएको ‘लकडाउन’पछि अलपत्र परेका निर्माण कार्यमा सक्रिय कामदारलाई गृह जिल्लासम्म उद्धार गरेर पुर्याउन स्थानीय प्रशासन र प्रहरीलाई निर्देशन दिएको जानकारी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘विभिन्‍न निर्माण सम्बन्धी कार्यमा कामदारको रुपमा कार्य गरिरहेका र हाल अलपत्र परेका नेपाली नागरिकहरुलाई आआफ्नो गृह जिल्लासम्म उद्धार गरी पुर्याइदिन स्थानीय प्रशासन र सुरक्षाकर्मीहरुलाई निर्देशन गरिसकिएको छ ।’

त्यस्तै, मन्त्रालयले काठमाडौं उपत्यकाको फोहोर बिसर्जन गर्ने व्यवस्था तत्काल सुरु गर्न अत्यावश्यक खाद्यवस्तुको आयात गर्ने सवारी साधनलाई सहज आवागमनको व्यवस्था गर्न, विदेशी पर्यटकको उद्धार गर्न पनि निर्देशन दिइएको छ। यस्तो छ गृहको विज्ञप्तिः

Advertisement

Advertisement

Advertisement