कोरोना उपचार कोषमा सिटिजन्स बैंकको ४९ लाख सहयोग, सातै प्रदेशलाई ७ लाखका दरले दिने

Advertisement

काठमाडौं । सिटिजन्स बैंकले कोरोना उपचार कोषमा ४९ लाख रुपैयाँ सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेश सरकार अन्तरगतको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा ७ लाखका दरले ७ वटै प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा सो सहयोग गरेको बैंकले जनाएको छ ।

कोरोना महामारी नियन्त्रण गर्न बैंक हरेक प्रकारको सहयोग गर्न तयार रहेको प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए । यस किसिमको सहयोगले कोरोना भाइरसबाट प्रभावितहरुको दुःखको घाउमा मलम लगाउन टेवा पुग्ने विश्वास बैंकले लिएको छ । लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको छ । इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । साथै यस बैंकको एटीएम कुनै पनि बैंकको एटीएम मा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ । हरेक एटीएममा पर्याप्त मात्रामा नगद रहेको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement