कोरोना उपचार कोषमा राष्ट्रिय बीमा संस्थानको १ करोड योगदान

Advertisement

काठमाडौँ । कोरोना उपचार कोषमा राष्ट्रिय बीमा संस्थानले रु. १ करोड योगदान गर्ने भएको छ ।

राष्ट्रिय बीमा संस्थानको सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलको अध्यक्षतामा आज बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत जम्मा गरिएको उक्त रकमले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न मद्दत पुग्नुका साथै प्रभावित नागरिकहरुलाई उपचार गर्न र यसबाट श्रृजना हुने जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास संस्थानले लिएको छ ।

Advertisement

Advertisement

Advertisement