कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीको ज्यान गए सरकारले एक मुष्ठ २५ लाख दिने

Advertisement

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारमा संलग्न जनशक्तिहरुको मृत्यु भएमा एक मुष्ठ २५ लाख रुपैयाँ दिने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले चिकित्सक, नर्स, स्वास्थ्य प्राबिधिक, महिला स्वास्थ्य स्वयं सेविका तथा सरसफाइमा संलग्न हुने श्रमिक, एम्बुलेन्स चालक र प्रत्यक्ष रुपमा संलग्न हुने सुरक्षाकर्मीको ज्यान गएमा एक मुष्ठ २५ लाख रुपैयाँको बीमा, क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।

भारतमा भने कोरोनाको उपचारमा संलग्न जनशक्तिको मृत्यु भएमा ५० लाख रुपैयाँ दिने घोषणा मादी सरकारले गरेको छ ।

बीमा कम्पनीहरु मार्फत बीमा गराउने तयारी समेत गरेको सरकारले अन्ततोगत्वा आफैंले जोखिम बोक्न तयार भएको हो । बीमा कम्पनी मार्फत जाने की भन्ने पनि थियो, तर अन्तिममा सरकारले आफैंले २५ लाख बराबरको जोखिम बोक्ने निर्णय भयो, अब कोरोनाको उपचारमा प्रत्यक्ष रुपमा संलग्न कसैको ज्यान गयो भने सरकारले उसको परिवारलाई २५ लाख रुपैयाँ दिन्छ । अर्थमन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले भने ।

राष्ट्रिय बीमा संस्थानले कोरोना उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्य कर्मीहरुको बीमा गर्ने इच्छा देखाएको थियो । जीवन बीमक संघले पनि म्यादी बीमा पुल मार्फत कोरोना उपचारमा संलग्नहरुको बीमा गर्ने जनाएको थियो ।
त्यस्तै, बीमा समितिले पनि जीवन बीमा कम्पनीहरु मार्फत पुरानो पोलिसीमा डिस्काउन्ट अफर लागु गरेर बीमा गर्न सकिने स्पष्ट पारेको थियो । नेपाल पुनर्बीमा कम्पनीले पनि त्यस्तो बीमाको पुनर्बीमा गर्न तयार रहेको बताएको थियो ।

यस्तो थियो मन्त्रिपरिषदको निर्णय
स्वास्थ्यकर्मीलाई २५ लाखको बीमा, कोरोना संक्रमणको रोकथाम तथा उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई २५ लाखको बिमा सुविधा दिइने, चिकित्सक, नर्स, स्वास्थ्य प्राविधिक, महिला, स्वास्थ्य स्वयम् सेविका तथा सरसफाइमा संलग्न हुने श्रमिक, एम्बुलेन्स चालक र प्रत्यक्षरूपमा संलग्न हुने सुरक्षाकर्मीलाई असार मसान्तसम्मको लागि २५ लाख रुपियाँसम्मको निःशुल्क विमा र क्षतिपूर्ति । कोरोना उपचारको क्रममा आवश्यक पर्ने उपकरण निःशुल्क उपलब्ध गराइने,

Advertisement

Advertisement

Advertisement