काठमाडौँ महानगरको वडा २९ को टोल-टोलमा बाँडियो राहत

Advertisement

काठमाडौं । लकडाउनका कारण खाना र खाजा खान नपाउनेहरुलाई राहतको प्याकेट बोकेर काठमाडौँ महानगर वडा नम्बर २९ को टोली टोल-टोलमा गएको छ ।

महानगरीय प्रहरी वृत्त र सामुदायिक प्रहरीको सहयोग लिएर राहत वितरणका लागि आपूर्ति तथा राहत वितरण व्यवस्थापन समिति टोलमा पुगेको हो । त्यस क्रममा संघीय संसद सदस्य एवम् नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह पनि सहभागी भएका थिए ।

गएको मंगलबार वडा समितिले वडाध्यक्ष कुश ढकालको संयोजकत्वमा वडा समितिका पदाधिकारी, महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख, राष्ट्रिय अनुसन्धान र सामुदायिक प्रहरीका प्रतिनिधिसहितको समिति गठन गरेको थियो । वडा सचिव सुबोध खड्का समितिको सदस्य सचिवका हुन् ।

आज कालिञ्चोक मार्ग, रुद्रमती मार्ग, सहयोग मार्गलगायतका ठाउँमा रहेका अति बिपन्न, असहाय र दैनि ज्यालामजदुरी गरेर खानेहरुलाई सामाग्री दिइएको हो । वडाध्यक्ष कुश ढकालले राहत वितरणको जानकारी भने–‘खान समस्या भएकाहरुलाई खोजेर राहत दिइरहेका छौं ।’

कति छन् त वडामा राहत दिनुपर्ने मानिसहरु भन्ने प्रश्नको उत्तरमा अध्यक्ष ढकाल भन्छन्–‘यस बर्गका मानिसहरुको यस अघि तथ्याङ्क लिइएको छैन । फेरि यस बर्गका मानिसहरुको बसोकास स्थिर नहुन सक्छ । यसलाई अद्यावधिक गर्ने प्रणाली पनि नभएकोले अहिले नै संख्या भन्न कठिन छ ।’

१० हजार ६ सय ७४ मतदाता रहेको यस वडामा प्रमुख प्रशासनिक सचिवालय सिंहदरबार, अनामनगर, सेतोपुललगायतका ठाउँ पर्छन् ।

Advertisement

Advertisement

Advertisement