स्पेनमा कोरोना भाइरसका कारण एकै दिनमा ८६४ मृत्यु

Advertisement

म्याड्रिड । स्पेनमा कोरोनाभाइरसका कारण एकै दिनमा ८६४ मृत्यु भएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोविड–१९ को महामारीबाट एकै दिनमा स्पेनमा मृत्यु हुने व्यक्तिको सङ्ख्या यो सब भन्दा बढी भएको समाचारमा जनाइएको छ ।

स्पेनमा १ लाख ४ हजार ११८ कुल सङ्क्रमित भएका छन् भने नौ हजार ३८७ को मृत्यु भएको छ । यसैबीच २२ हजार ६४७ निको भएर फर्किएका छन् ।

यसैगरी इटालीमा एक दिनमा ७२७ मृत्यु भएको छ । इटालीमा केही दिनयताको तुलना कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको सङ्ख्यामा केही कमी आएको छ ।

यसैबीच फ्रान्समा पनि एकै दिनमा ५०९ मृत्यु भएको छ । फ्रान्समा पनि कोरोना भाइरसको सङ्क्रमण शुरु भएयताको नै यो सब भन्दा बढी सङ्ख्या हो । युरोपमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३२ हजार नाघिसकेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुर्टेरसले कोरोना भाइरसको महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको बताए । रासस/एएफपी

Advertisement

Advertisement

Advertisement