'राजाले धन संग्रह गरे जनता गरीब हुन्छन्, मन्त्रीले गरे भ्रष्टाचार मौलाउँछ, गुरुले गरे मुर्खहरु फैलिन्छन'

Advertisement

काठमाडौं । पूर्वसचिव शारदाप्रसाद त्रितालले राजा, मन्त्री र गुरुले धन संग्रह गर्न नहुने बताएका छन् । हिन्दु धर्मग्रन्थ रामायणको उद्धरण कोट्याउँदै उनले राजाले धन संग्रह गरेमा जनता गरीब हुन्छन् र राष्ट्र नै गरीब हुन्छ, मन्त्रीले धन संग्रह गर्न लागेमा भ्रष्टाचार मौलाउँछर अराजकता बढ्छ, गुरुले धन संग्रह गर्न थालेमा शिक्षाको मूल्य मान्यतामा ह्रास आउँछ र मूर्खहरुको साम्राज्य फैलिन्छ भनेका छन् ।

बालुवाटारको सरकारी जग्गा अनियमितता छानविन गरी बाहिर ल्याएपछि चर्चामा रहेका त्रितालले पछिल्ला भ्रष्टाचार काण्ड चर्चाको शिखरमा रहेको बेला सोही कुरालाई दर्साउँदै रामायणमा रहेको एक सन्दर्भ औंल्याउँन्, 'राजा दशरथका छोरा राम सहित चारै भाइको शिक्षा ऋषि बशिष्ठले पूरा गराएपछि शिक्षार्थीहरुको विदाइको दिन निश्चित हुन्छ । राजकुमारहरुलाई लिन महामन्त्री सुमन्त राजकुमारहरुको लागि भेषभुषासहित राजाको तर्फबाट अनेकौं बहुमूल्य वस्तुहरु गुरु दक्षिनास्वरुप लिएर ऋषि आश्रम पुग्छन् । महामन्त्रीले गुरु दक्षिना स्वीकार गर्न ऋषिलाई आग्रह गर्छन् । गुरु दक्षिना रामबाट मात्र लिने राजाबाट नलिने भनी गुरुले अस्वीकार गर्छन् र भन्छन् कि यो सबै चीज लगेर राजालाई बुझाइदनू । महामन्त्री सुमन्तले नयाँ प्रस्ताव राख्दै भन्छन् सो बहुमूल्य सामान आश्रमको कोषमा संग्रह गरिराख्नुहोस् । गुरु रिसाउँदै भन्छन्—राजा, मन्त्री र गुरुले धन संग्रह गर्नु हुन्न ।'

विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त भइरहेको र नेपाली जनतासमेत घरमै बसेर लकडाउनको सामना गरिरहेको बेला सरकारका मन्त्रीहरु स्वास्थ्य सामग्री खरिदमा कराडौं कमिशनमा मुछिएपछि उनीहरुको चर्को आलोचना भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement