सनराइज बैंकद्वारा प्रदेश सरकार मार्फत स्वास्थ्यकर्मीका लागि पीपीई हस्तान्तरण

Advertisement

काठमाडौँ । सनराइज बैंकको गण्डकी प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्र्तगत स्वास्थ्यकर्मीहरुलाई उपलब्ध गराउन व्यक्तिगत सुरक्षात्मक उपकरण(पीपीई) ५० थान गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई हस्तान्तरण गरेको छ ।

बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख रबिन्द्र केसीले औपचारिक उक्त सामग्री हस्तान्तरण गरेका हुन् । यसैगरी बैंकको प्रदेश नं २ को प्रादेशिक कार्यालयले सामाजिक विकास मन्त्रालयलाई २५ थान पीपीई हस्तान्तरण गरेको छ ।

प्रादेशिक कार्यालय २ का प्रादेशिक कार्यालय प्रमुख रोहित महासेठले सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई हस्तान्तरण गरेका हुन् ।
हालसम्म सनराइज बैंकले विभिन्न अस्पतालमा ३३० वटा भन्दा बढी पीपीई उपलब्ध गराइसकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement