नेपाल पुनर्बीमा कम्पनीको आइपीओ बाँडफाँड भोलि, कति पर्ला ?

Advertisement

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आइपीओ भोली बुधबार बाडफाँट हुने भएको छ । पुनर्बीमा कम्पनीका विज्ञ बिष्णु प्रसाद उपाध्यायले बुधबार बिहान ७ः३० बजे आरबीबी मर्चेण्टमा कम्पनीको आइपीओ बाडफाँट हुने बताए ।

चैत २५ गतेबाट लक डाउन खुल्ने र त्यसको ३ दिनभित्र बाडफाँट गर्ने योजनमा बनेको थियो तर लकडाउन एक साता पुनः थपिएपछि बुधबार नै बाडफाँट गर्ने तयारी गरिएको कम्पनीका विज्ञ उपाध्यायले बताए ।

कम्पनीको आइपीओमा ५ अर्ब ७५ करोड ४७ लाख ३५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । ५ करोड ७५ लाख ४७ हजार ३५० कित्ताका लागि ४ लाख ९ हजार ७ सय २२ जनाले आवेदन दिएका हुन् ।

३० कित्ता भन्दा कम आवेदन दिनेले शत प्रतिशत पाउनेछन् भने सो भन्दा बढी आवेदन गर्नेले ३० कित्ता प्राप्त गर्ने अनुमान गरिएको छ ।

कम्पनीले २०७६ चैत ४ गतेदेखि ७ गतेसम्म एक अर्ब ६० करोड रुपैयाँ बराबरको एक करोड ६० लाख कित्ता आइपीओ निष्काशन गरेको थियो । कुल निष्काशनमध्ये ७३ हजार ५ सय कित्ता कर्मचारीका लागि छुट्याईएको थियो भने ८ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुट्याईएको थियो । बाँकी एक करोड ५१ लाख २६ हजार ५ सय कित्ता भने सर्वसाधारणले भर्न पाउने व्यवस्था थियो । हाल ८ अर्ब ४० करोड चुक्ता पुँजी रहेको कम्पनीले आइपीओ जारी गरे पश्चात चुक्ता पुँजी १० अर्ब पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement