'थर्मल गन' कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका सुलभ अग्रवाल पक्राउ

Advertisement

काठमाडौं । ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा प्रहरीले शंकर ग्रुपका सुलभ अग्रवाल मंगलबार पक्राउ परेको छ । उनले पाँच हजार रूपियाँ पर्ने थर्मल गन १५ हजार रूपियाँमा बिक्री गर्न खोजेको प्रहरीको आरोप छ ।

कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूतसमेत रहेका अग्रवालबाट ६७ थान थर्मल गन पनि बरामद गरिएको प्रहरीको भनाई छ । कोरोना भाइरसको संक्रमण बढेसँगै मानिसहरुमा ज्वरो भएनभएको नाप्ने थर्मल गनको माग बढेर गएको छ । शंकर ग्रुपले हालै चीनको ग्वान्झाओबाट थर्मल गनसहित सात टन स्वास्थ्य सामग्री आयात गरेको थियो ।

त्यसरी ल्याइएका सामग्रीमध्ये थर्मल गर्न तीन गुणा बढि मूल्यमा बिक्री गर्ने काम भइरहेको सुचनाका आधारमा अग्रवाललाई पक्राउ गरिएको नेपाल प्रहरीको अपराध महाशाखाले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको महाशाखाका सहकुल थापाले विभिन्न मिडियालाई जानकारी गराएका छन् ।

Advertisement

Advertisement

Advertisement