एनएमबि बैंकले प्रदेश नम्बर २ लाई हस्तान्तरण गर्यो १०० थान पीपीई

Advertisement

धनुषा । प्रदेश नम्बर २ सरकारलाई एनएमबि बैंकले चिकित्सकका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा समाग्री पिपिई सहयोग गरेको छ ।

कोरोना भाइरस कोभिड-१९ उपचारका लागि सहयोग पुर्याउने उद्देश्य एनएमबी बैंकका निक्षेप प्रबन्धक मिथिलेशकुमार झाले आज विहान एक सय थान पिपिई मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरे ।

सो अवसरमा मुख्यमन्त्री राउतले कोरोना सङ्क्रमणको उपचारमा अत्यन्तै महत्वपूर्ण मानिएको स्वास्थ्य सामग्री पिपिईले उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाएर उत्साहित बनाउन सहयोगी भूमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवल किशोर साह, प्रदेशका मुख्यन्यायधिवक्ता दिपेन्द्र झा र चिकित्सकीय सल्लाहकार समूहका डा। राम केवल साहको उपस्थिति थियो ।

Advertisement

Advertisement

Advertisement