सनराइज बैंकले सेती प्रादेशिक हस्पिटललाई हस्तान्तरण गर्यो २५ थान पीपीई

Advertisement

काठमाडौँ । सनराइज बैंकको सुदूर पश्चिम प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्र्तगत व्यक्तिगत सुरक्षात्मक उपकरण(पीपीई) २५ थान सेती प्रादेशिक हस्पिटलका सुपपरीटेण्डेट डा. हेमराज पाण्डेलाई हस्तान्तरण गरेको छ ।

बैंकका प्रादेशिक कार्यालयका प्रमुख सुरेन्द्र शाहीले औपचारिक कार्यक्रमकाबीच उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । अस्पतालको मेसु पाण्डेले सनराइज बैंकले स्वास्थ्यकर्मीहरुको सुरक्षा प्रति चिन्ता व्यक्त गर्दै व्यक्तिगत सुरक्षात्मक उपकरण(पीपीई) प्रदान गरेकोमा धन्यवाद दिए ।

प्रादेशिक कार्यालयका प्रमुख शाहीले विपत्तिको समयमा राज्यलई सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायित्व भएको बताउदै कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि व्यक्तिगत सुरक्षात्मक उपकरण(पीपीई) प्रदान गरेको बताए ।

हालसम्म सनराइज बैंकले विभिन्न अस्पतालमा ४०० वटा भन्दा बढी पीपीई उपलब्ध गराइसकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

Advertisement

Advertisement