कैलालीका तन्नेरी कोरोना जितेर घर फिर्ता, ३१ संक्रमित मध्ये ४ जना उपचारपछि घर फर्किए

Advertisement

घोडाघोडी । कैलालीको लम्कीचुहा नगरपालिका-९ प्रतापपुरका २१ वर्षीय कोरोना सङ्क्रमित एक युवक दोस्रो र तेस्रो पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि आज घर फर्केका छन् ।

उनलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र अस्पतालका चिकित्सकले फूल दिएर बिदा गरे । अस्पतालबाट उनी एम्बुलेन्स चढेर अस्पतालबाट घर फिर्ता भएका थिए ।

भारतबाट आएका उनलाई गत चैत २२ गते कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई आज घर फर्काइएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा जगदीश जोशीले जानकारी दिए । अब अस्पतालमा चार सङ्क्रमितको उपचार भइरहेको छ । ती सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

हालसम्म नेपालमा ३१ जनामा कोरोना संक्रमण पुष्टी भएकोमा आज चौथो व्यक्ति उपचारपछि घर फर्किएका छन्, बाँकीको भने उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement