ओम्नीसँग गरिएको स्वास्थ्य सामग्री खरिद प्रक्रियाबारे सार्वजनिक लेखा समितिले थाल्यो छानविन

Advertisement

काठमाडौँ । कोरोना भाइरसको संक्रमण जोखिम न्यूनीकरणका लागि ओम्नी विजनेश कर्पोरेट इन्टरनेशनलसँग गरिएको खरिद प्रक्रियाबारे सार्वजनिक लेखा समितिले छानविन प्रक्रिया थालेको छ । समितिले आज स्वास्थ्य मन्त्रालयसँग खरिद प्रक्रियाको कागजात माग गर्दै पत्र पठाएको हो ।

स्वास्थ्य मन्त्रालयले उक्त खरिद प्रक्रिया रद्द गरिसकेको छ । खरिद प्रक्रिया रद्द भए पनि अनियमितता भएको भन्दै चौतर्फी रुपमा छानविनको माग भइरहेको बेला लेखाले यस्तो कदम चालेको समिति सचिव डा. रोजनाथ पाण्डेले बताए । समितिले पठाएको पत्रमा आवश्यक कागजात पत्र प्राप्त भएको मितिले सात दिनभित्र उपलब्ध गराउन भनिएको छ ।

Advertisement

Advertisement

Advertisement