बीमा शुल्क बुझाउने अवधि जेठ मसान्तसम्म, अभिकर्ता र सर्भेयरलाई पनि छुट

Advertisement

काठमाडौँ । बीमा समितिले लकडाउन अवधिभित्र संकलन गर्नु पर्ने जीवन बीमा प्रिमियम बापतको रकम संकलन गर्ने अवधि जेठ मसान्तसम्म थप गर्ने र उक्त अवधिको ब्याज नलाग्ने व्यवस्था गरेको छ ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज इजाजत प्राप्त सबै बीमा कम्पनीहरुलाई पत्र पठाउँदै यस्तो निर्देशन दिएका हुन् । यसअघि चैत २० गते जारी भएका विषयहरुमा संसोधन सहित आज नयाँ निर्देशन जारी गरिएको हो ।

साथै उक्त निर्देशनमा कोरोना संक्रमणका कारण सिर्जना भएको विषम परिस्थितिमा बीमा अवधि समाप्त भएको बीमालेख नबिकरण गर्ने व्यवस्थालाई लकडाउन सकिएको मितिले १५ दिनसम्म कायम गर्न व्यवस्था मिलाउने उल्लेख छ ।

२०७६ चैत र २०७७ बैशाख महिनामा नबीकरण गर्नु पर्ने बीमा अभिकर्ता र सर्भेयरको इजाजत पत्र नबीकरणको म्याद असार मसान्तसम्म थप गरी सो बापत जरिवाना नलाग्ने व्यवस्था पनि समितिको नयाँ निर्देशनमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement