सीमा विवादबारे लकडाउनपछि कुरा गरौंलाः भारत, होइन अगाडि नै गरौंः ज्ञवाली

Advertisement

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले लकडाउनअघि नै सीमा विवादबारे कुरा गर्न भारत तयार हुनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय सम्वन्ध समितिको बैठकमा सोमबार बिहान उनले भारतीय पक्षले लकडाउनपछि वार्ताको कुरा गरे पनि त्यति बेलासम्म पर्खिन नसक्ने बताएका हुन् ।

नेपाली भूमि लिपुलेक हुँदै भारतले मानसरोवर जाने ट्राक खोलेपछि त्यसलाई रोक्न र चाँडै समस्या समाधानका लागि कुटनीतिक वार्ताको प्रस्ताव गरेको थियो । सोही पत्रका आधारमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले आफूहरु वार्ताका लागि तयार रहेको भन्दै लकडाउनपछि वार्ता गर्न सकिने बताएका थिए । यद्यपि उनले आफ्नै भूमिमा उक्त ट्राक निर्माण गरेको पनि दावी गरेका थिए ।

नेपाली भूमि अतिक्रमणको समाचारको चौतर्फी विरोध भएपछि सरकारी पक्षले यसको कुटनीतिक समाधान खोज्न भारतीय पक्षसँग ताकेता गरेको देखिएको छ । मन्त्री ज्ञवालीले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा बनाएको सडकबारे वार्ता गर्न धेरै पर्खिन नसक्ने बताउँदै छिटो वार्ता सुरु गर्नुपर्छ भन्नेमा नेपाल सरकार रहेको बताए ।

समितिका सदस्यहरुले शशरिर उपस्थित भएर बार्ता गर्न समस्या भए भर्चुअल वार्ता गर्न सुझाव दिँदै ढिलो नगर्न आग्रह गरेका थिए ।

Advertisement

Advertisement

Advertisement