सेयर बजारमा भारी गिरावट जारी, आज पनि ‘नेगेटिभ सर्किट’ले पौने घण्टामै बजार बन्द

Advertisement

काठमाडौं । लामो समयपछि खुल्ला गरिएको सेयर बजारमा बुधबार पनि भारी गिरावट जारी रह्यो । कारोबार सुरु भएको एक घण्टा नपुग्दै सेयर बजार परिसुचक नेप्से दुई प्रतिशत (२४ दशमलव ५८ अंक)ले घटेपछि (नेगेटिभ सर्किट) करिव पौने १२ बजे बजार बन्द गरियो ।

कारोबार सुरु भएको पहिलो दिन मंगलबार पनि यही कारण निर्धारित समयअघि नै बजार बन्द हुन पुगेको थियो । लामो समय बजार बन्द गर्दा सेयर बेचेर पेट पाल्नुपर्नेहरुलाई समस्या भएपछि दिनको दुई घण्टा बजार खोल्ने निर्णय गरिएको थियो । तर तीब्र गिरावट हुँदा दुई घण्टा पनि कारोबार हुन नसकी बजार बन्द हुन पुगेको छ ।

सबैभन्दा बढि गिरावट बाणिज्य बैंक समूहमा देखिएको छ । सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको बाणिज्य बैंक समूहको सुचक दुई दशमलव चार प्रतिशतले घटेको छ भने अन्य समूहको सुचक पनि दुई प्रतिशतभन्दा बढिले घटेको छ । आज कुनै पनि समूहमा सुधार आउन सकेन् ।

Advertisement

Advertisement