थप २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या पुग्यो २४३

Advertisement

काठमाडौं । २४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले २४ जना संक्रमित थपिएको पुष्टि गरेका हुन् । अब देशमा कोराना संक्रमितहरुको संख्या २४३ पुगेको छ ।

रुपन्देहीमा ९ जना पुरुष र ३ जना महिला गरि १२ जना, कपिलवस्तुमा ८ जना पुरुष, पर्सामा २ जना पुरुष र एक जना महिला र नवलपरासी जिल्लाका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित सबैको स्वास्थ्य अवस्था राम्रो रहेको पनि सह प्रवक्ता अधिकारीले बताएका छन् ।

Advertisement

Advertisement

Advertisement