रौतहटमा थपिए १० जना कोरोना संक्रमित, संख्या पुग्यो २९१

Advertisement

काठमाडौं । १० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारीले १० जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका हुन् । थपिएका दशै जना रौतहट निवासी हुन् ।

रौतहटको राजपुर नगरपालिका वडा न. ९ का ७ जना पुरुष र इशनाथ नगरपालिकाका वडा न. ३ र ५ का ३ जना पुरुष रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

अब नेपालमा कोरोना संक्रमितहरुको संख्या २९१ पुगेको छ भने एक जनाको मृत्यु भैसकेको छ ।

Advertisement

Advertisement

Advertisement