'सिमानामा अलपत्र नागरिकलाई देश छिर्न देऊ'

Advertisement

काठमाडौं । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले नेपाल भारत सिमा क्षेत्रमा अलपत्र परेका नागरिकलाई देश भित्र प्रवेश गराउन सरकारलाई निर्देशन दिएको छ । आइतबार बसेको समिति बैठकले सिमामा अलपत्र परेका नागरिकहरुको स्वास्थ्य परिक्षण गरि नतिजाका आधारमा देशभित्र ल्याउन निर्देशन दिएको हो ।

समितिले कोरोना परिक्षण गरि देश भित्र ल्याउन र नतिजाका आधारमा उपचार, आइसोलेशन वा क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन पनि भनेको छ ।  समितिले अन्य देशमा रहेका नागरिकहरुलाई कोरोना कोषको रकम प्रयोग गरि नेपाल ल्याउने वातावरण बनाउन पनि सरकारलाई निर्देशन दिएको छ । आफनै खर्चमा नेपाल फर्कन चाहने नागरिकहरुलाई उच्च प्राथमिकतामा राख्न पनि भनेको छ ।

Advertisement

Advertisement

Advertisement