आज २५ जना कोरोना संक्रमित थपिए, कूल संख्या ४२७ पुग्यो

Advertisement

काठमाडौँ । नेपालमा आज २५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले उक्त जानकारी दिएका हुन् । यी संक्रमित मध्ये १८ जना पुरुष र ७ जना महिना छन् । पछिल्ला केशहरु सहित नेपालमा कोरोना संक्रमितको कूल संख्या ४२७ पुगेको छ ।

नयाँ संक्रमितमा तीन बालिका छन् । नयाँ सङ्क्रमितमा बाँकेका छ जना छन् । नरैनापुर गाउँपालिका ५ का १७, २०, २८, ३० र ४० वर्षका तथा खजुरा ५ का २७ वर्षीय पुरुष रहेका छन् । कपिलवस्तुमा १३ सङ्क्रमित छन् । नयाँ सङ्क्रमितमा विजयनगरको क्वारेन्टाइनमा रहेका २२, ३५ र ४८ वर्षका पुरुष छन् ।

महाराजगञ्ज गाउँपालिका ३, ४ र ६ वर्षीया बालिकामासमेत सङ्क्रमण देखिएको छ । सोही गाउँपालिकाका १६, २५ र ३२ वर्षीया महिला र चार पुरुषमा १२, २०, २४ र ३४ वर्षका छन् । धनकुटाका पाँच जनामा २८, २९, ३५ र ३७ वर्षीय पुरुष र २४ वर्षीय महिला तथा नवलपरासी (पश्चिम)का सुस्ता गाउँपालिका ५ का पुरुष रहेको प्रवक्ता देवकोटाले बताए ।

अहिलेसम्म सङ्क्रमितमा ३५८ पुरुष र ६९ महिला छन् । अहिलेसम्म ३८ जिल्लामा सङ्क्रमण देखिएको छ । क्रिमसन अस्पतालमा रहेका सङ्क्रमितको अहिले भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यता, विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराइरहेका ८ जना व्यक्ति कोरोना संक्रमणमुक्त भएर घर फर्किएको प्रवक्ता देवकोटाले बताए । अब उपचार पछि फर्किनेको संख्या ४५ जना पुगेको छ । कोरोना संक्रमित २ जनाको भने मृत्यु भएको छ ।

Advertisement

Advertisement

Advertisement