कोरोनाबिरुद्ध लड्न एडीबीले ३० अर्ब ऋण सहायता दिने, आजै भयो सम्झौता

Advertisement

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले कोरोना भाइरससँग लड्न नेपाल सरकारलाई २५० मिलियन डलर अर्थात करिब ३० अर्ब नेपाली रुपियाँ ऋण सहायता उपलब्ध गराउने गरी सम्झौता भएको छ ।

आर्ज अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा अर्थसचिव शिशिरकुमार ढुंगाना र एडीबीका कन्ट्री डाइरेक्टर मुख्तोरले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । यो ऋण रकम सार्वजनिक स्वास्थ्य सेवाको सुदृढीकरण तथा कोभिड(१९का कारण आर्थिक तथा सामाजिक रुपमा परेको क्षति न्यूनीकरणमा प्रयोग हुनेछ ।

गरिब र विपन्न वर्गका लागि सामाजिक संरक्षण कार्यक्रम बिस्तार गर्न र तीव्र आर्थिक पुनरुत्थानमा जान समेत यो ऋण सहायता महत्वपूर्ण सावित हुन सक्ने एडीबीले बताएको छ । कोभिड १९ को महामारीले सार्वजनिक स्वास्थ्यमा समस्या सिर्जना गरेको छ । यसले नेपालको सामाजिक र आर्थिक विकासमा गहिरो असर गरेको छ ।

एडीबीले नेपाल सरकार र अन्य विकास साझेदारसँग मिलेर काम गर्ने समेत उल्लेख गरेको छ । गरिब तथा कमजोर आयस्रोत भएका परिवारलाई खाद्यान्न वितरण, कमजोर आय भएका बेरोजगार मानिसलाई रोजगारी प्रदान गर्न तथा सामाजिक सुरक्षाका कार्यक्रम संचालनमा समेत सरकारले यो सहायता प्रयोग गर्न सक्ने भएको छ ।

Advertisement

Advertisement

Advertisement