चर्को विरोधपछि कर तिर्ने म्याद थपियो, अब असार ७ गतेभित्र तिर्नुपर्ने, लकडाउन खोल्ने संकेत

Advertisement

काठमाडौं । चौतर्फी विरोधपछि सरकारले कर तिर्ने म्याद थप गरेको छ । कोरोना भाइरस (कोभिड १९) महामारी नियन्त्रण गर्न लकडाउन लागू गरेसँगै व्यापार व्यवसायहरु ठप्प भइरहेको बेला लकडाउन कायम राख्दै सरकारले करिव एक हप्ताको मात्रै समय दिएर कर तिर्न सुचना जारी गरेपछि चर्को आलोचना भएको थियो ।

कोरोना महामारी र लकडाउनका कारण सम्पूर्ण अर्थतन्त्र नै चौपट भइरहेको र उद्योगहरु आफ्नै कामदारहरुलाई तलव दिन नसकिरहेको अवस्थामा जेठ २५ गतेभित्र कर तिर्न सुचना जारी गरेको थियो । नयाँ सुचनाअनुसार कर मूल्यअभिवृद्धि कर (भ्याट), आयकर बुझाउने समय थपेर ७ गते कायम गरिएको छ ।

यो हिसावले हेर्दा सरकारले असार १ गतेबाट अहिलेको लकडाउन खुकुलो पर्ने वा यसको मोडालिटी फेर्ने तयारीमा गएको देखिन्छ । लकडाउनका बीच कर कसरी तिर्ने भन्ने करदाताको प्रश्न पनि रहेकाले सरकारले लकडाउन खुकुलो पर्ने संकेत दिएको छ । सरकारले यस विषयमा छलफल गर्न विज्ञहरुलाई बोलाएका छन् ।

Advertisement

Advertisement

Advertisement