एकैदिन थपिए ३३४ कोरोना संक्रमित, थप १ जनाको मृत्यु

Advertisement

काठमाडौँ । आज एकै दिन नेपालमा ३३४ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले उक्त जानकारी दिएका हुन् ।

आज एकैपटक दैलेखमा १०५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । थपिएकासँगै देशभर कोरोना संक्रमितको संख्या २६३४ पुगेको छ । यी मध्ये २९० जना उपचारपछि अस्पतालबाट घर फर्किएका छन् ।

यता, कोरोनाबाट थप एक व्यक्तिको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा. देवकोटाले पाल्पाका १ पुरुषको मृत्यु भएको जानकारी दिए । हुन्। भारतबाट फर्किएर क्वारन्टीनमा बस्दा स्वास्थ्य बिग्रिएपछि उनलाई पाल्पास्थित मिशन अस्पतालमा भर्ना गरिएको थियो ।

जेठ २० गते मृत्यु भएको उनको नमुना परीक्षण गर्दा कोरोना पुष्टी भएको हो । थप १ जनाको मृत्युसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

Advertisement

Advertisement

Advertisement