मेसी बार्सिलोनाको तालिममा फर्किए, स्वारेज अर्को साता खेल्नसक्ने

Advertisement

मेड्रिड । खुट्टामा सामान्य चोट लागेका कारण घाइते भई दुई समूहको तालिम सत्रमा सहभागी हुन नसकेका बार्सिलोनाका जादुमयी फुटबल खेलाडी लियोनल मेसी अभ्यासका लागि बार्सिलोनाको क्याम्प नोउ रङ्गशालामा शनिबारदेखि उपस्थित भएका छन् ।

त्यसैगरी सोही समूहका अर्का खेलाडी लुइस स्वारेज पनि आगामी हप्ता हुने खेलमा खेल्नसक्ने स्पेनी क्लब बार्सिलोनाले जनाएको छ । मेस्सीले बुधबार र शुक्रबारको अभ्यासलाई मैदानमा नछिरिकन निरन्तरता दिएपनि शनिबारदेखि अभ्यासका लागि मैदानमा छिरे भएपनि छेउछाउबाट अभ्यास गरेको स्पेनी सञ्चारमाध्यमले जनाएका छन् ।

ला लिगाको नेतृत्वदायी टिम बार्सिलोनाले मध्य मार्चपछि पहिलो खेल रियल मालोर्सामा आगामी हप्ता खेल्दैछ । स्वारेजको घुडामा लागेको चोटका कारण गत जनवरीमा भएको शल्यक्रियापछि पहिलो पटक बार्सिलोनाको लागि खेल्दै छन् ।

उनले अभ्यासका क्रममा दुखाई महशुस नगरेको जनाएपछि बार्सिलोनाले खेलमा फर्काएको हो । यो सत्रमा मेसी र स्वारेजको सहकार्यमा सबै प्रतिस्पर्धामा बार्सिलोनाका लागि कूल ३८ गोल भएका छन् । बार्सिलोनाले रियल मेड्रिडलाई दुई अङ्कले नेतृत्व गर्दै तालिकामा अग्रता हाँसिल गरेको छ भने अझै ११ खेल हुन बाँकी छन् । रासस/एएफपी

Advertisement

Advertisement

Advertisement