भारतसँग सम्बन्ध बिग्रियो भने नेपाली अर्थतन्त्रमा गम्भीर संकट आउँछः पाण्डे

Advertisement

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेकपा नेता सुरेन्द्र पाण्डेले भारतसँगको सम्बन्ध बिग्रिएमा नेपाली अर्थतन्त्रमा गम्भिर संकट आउने बताएका छन् । प्रतिनिधी सभाको अर्थ समिति बैठकमा बोल्दै उनले भारतसँगको सम्बन्ध नकारात्मक हुँदा नेपाली अर्थतन्त्रमा गम्भिर संकट आउने बताएका हुन् ।

‘अझ भविष्य मैले जटिल देखिरहेको छु, नेपाल–भारतको सम्बन्ध बिग्रिने अवस्थामा वा यो सम्बन्ध अब कस्तो हुन्छ, अहिले नै भन्न सकिन्न, भारतीय मिडियाहरुले नेपालका बारेमा साह्रै नकारात्मक भ्रम फैलाईरहेका छन् । सन १९९३ मा नेपाल र भारतको मुद्राको विनिमय दर एक रुपैयाँ भारु बराबर एक रुपैयाँ ५० पैसा नेपाली तय भएको हो । २० वर्षदेखि स्थिर विनिमय दर छ । नेपाललाई हामीले प्राथमिकता दिएको हो, अब यसो गरिरहनु पर्दैन भन्ने आवाज भारतमा बलियोसँग उठिरहेको छ ।’, पाण्डेले भने ।

उनले भारुसँगको स्थिर विनिमय दर हट्ने वित्तिकै डलरसँग नेपाली मुद्रा आफैं भर पर्नुपर्ने अवस्था आउने र त्यसले नेपाली मुद्रा झनै कमजोर हुने पनि उनले चेतावनी दिए ।  ‘भारुसँगको हाम्रो विनिमय दर अनपेग छ, त्यो हट्यो भने अमेरिकी डलरसँग पनि आफैं विनिमय दरमा भिड्नुपर्ने हुन्छ, त्यसो भयो भने नेपाली रुपैयाँ डलरसँग हाम्रो मुद्रा थप कमजोर हुन्छ ।’, पाण्डेले भने ।

उनले विश्वव्यापी संकटका अमेरिकी बण्ड किनेका धेरै देशहरुलाई यतिबेला पैसाको आवश्यकता परेकाले पनि डलरमाथी थप भार पर्ने र त्यसले डलर झनै बलियो हुने दावी पनि गरे । ‘हामीसँग पनि पौँने १२ खर्बको विदेश मुद्रा सञ्चिति छ । अब डलरको माग बढेर जान्छ, सबै इकोनोमीलाई पैसा चाहिएको छ ।’, पाण्डेले भने ।

Advertisement

Advertisement

Advertisement