कोरोना जोखिमका बीच नेपाल इन्स्योरेन्सले सम्पन्न गर्यो साधारणसभा, लाभांश प्रस्ताव पारित

Advertisement

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले लाभांशसम्वन्धी प्रस्ताव पारित गरेको छ । कम्पनीको शुक्रबार सम्पन्न ७१औं वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो ।

कोरोना संक्रमणको जोखिमका बीच पनि कम्पनीले सुरक्षात्मक विधि अपनाएर कमलादीस्थित आफ्नो पूरानो भवनमा सभा सम्पन्न गरेको हो । यसअघि चैत २१ गतेका लागि तय भएको सभा कोरोनाकै कारण स्थगित भएको थियो ।

सभाले गत बर्षको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ दशमलव ८९ प्रतिशत नगद लाभांश पारित गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी एक अर्ब ९ करोड ५५ लाख ३६ हजार रुपियाँको आधारमा लाभांश दिएको हो । पाँच प्रतिशत बोनस शेयरपछि कम्पनीको चुक्तापूँजी एक अर्ब १५ करोड तीन लाख १३ हजार रुपियाँ पुग्नेछ ।

बोनस सेयरपछि कम्पनीको चुक्तापूँजी बढ्ने भएकाले सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ । यस कम्पनीले सामूहिक लगानी कोष योजना सञ्चालन गर्ने योजना बनाई सभामार्फत उक्त योजना कम्पनीको प्रबन्धपत्रमा थप गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

Advertisement

Advertisement

Advertisement