सर्वाधिक ठूलो एनआईसी एसिया लघुवित्तको आइपीओमा आवेदन खुल्यो

Advertisement

काठमाडौं । लघु वित्त वित्तिय संस्था तर्फ सर्वाधिक ठूलो आइपीओका लागि खुलेको छ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको ४७ लाख ५५ हजार कित्ता आईपीओमा असार १० अर्थात आजैबाट आवेदन खुलेको हो ।
सो मध्ये ७४ हजार कित्ता कर्मचारीका लागि छुट्याएको छ भने २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ४४ लाख ४३ हजार २ सय कित्ता भने सर्वसाधारणका लागि छुट्याईएको हो ।

आईपीओको बिक्रि चाँडोमा असार १४ र ढिलोमा असार २४ गतेसम्म खुला रहनेछ । लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सानिमा क्यापिटलले बिक्रि प्रबन्धकको भूमिका निर्वाह गरिरहेको छ ।

एनआईसी एसिया लघुवित्तको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । १ अर्ब ४५ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको आईपीओ पश्चात १ अर्ब ४८ करोड रुपैयाँ पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement