बिष्णु पौडेलको जिकिर– केपी ओलीको राजीनामा पनि आउँदैन्, पार्टी कसैले फुटाउन पनि सक्दैन

Advertisement

काठमाडौं । सत्तारुढ दल नेकपाका महासचिव बिष्णु पौडेलले प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा नदिने र नेकपालाई कसैले फुटाउन पनि नसक्ने जिकिर गरेका छन् ।

कान्तिपुर पत्रिकालाई दिएको अन्तरवार्तामा उनले प्रधानमन्त्रीको राजीनामा गम्भीररुपमा नउठाइएको र केही नेताले अरु समस्या समाधान होस भनेर राजीनामाको कुरा उठाएको तर्क गरेका छन् । उनले भनेका छन्, ‘नेकपा फुट्छ कि भन्ने आशंका गर्नुपर्दैन, त्यसखालको अपेक्षा कसैले गरेको छ भने त्यो व्यर्थ छ । नेकपामा विग्रह होस् र हामीले लाभ पाउँछौं भन्ने कसैले सोचेको छ भने त्यस्ता सोचाइ, चाहना पूरा हुँदैनन् ।’

उनी थप भन्छन्, ‘प्रधानमन्त्रीको राजीनामा सिरियस एजेन्डाका रूपमा उठेको जस्तो मलाई लाग्दैन । दुई–चार नेताले राजीनामा नै होस् भन्ने भन्दा पनि समस्यालाई गहिराइका साथ महसुस होस् भन्ने ढंगले उठाउनुभएको जस्तो लाग्छ । प्रस्ट शब्दमा भन्नुपर्दा अहिले प्रधानमन्त्रीको राजीनामा र नेकपामा विभाजन दुइटा चीज सम्भव छैन ।’

Advertisement

Advertisement

Advertisement