शेयर बजार लगातार बृद्धी, आजपनि ३७.९३ अंकले बढ्यो, सबै समूह हरियाली

Advertisement

काठमाडौँ । यो साताको तीनै दिन शेयर बजार लगातार बढिरहेको छ । साताको पहिलो दिन आइतबार ९.३५ अंकले बढेको परिसूचक दोश्रो दिन ३३.२७ अंकले बढेको थियो । साताको तेश्रो दिन आज पनि ३७.९३ अंकले परिसूचक बढेको छ ।

आज २.९१ प्रतिशतले परिसूचक बढ्दा १३३६.३३ अंकमा पुगेको छ । आज १७८ कम्पनीका २८ लाख ८३ हजार ९ सय ४८ कित्ता शेयर किनबेच हुदा १ अर्ब २१ करोड २४ लाख २६ हजार २ सय ६७ रुपियाँ बराबरको कारोबार भएको नेप्सले जनाएको छ ।

बजार बढेको दिन आज सबै सूचकमा हरियाली छाएको छ । बैंकिङ २५.८३, ट्रेडिङ ३४.६१, होटल १२७.१, विकास बैंक ३४.८१, जलविद्युत २६.४९, वित्त १९.०४, निर्जीवन बीमा ३६५.४६, उत्पादनमूलक ४१.८३, अन्य २७.०५, लघुवित्त ७६.५५, जीवन बीमा १९८.३८ र म्युचुअल फण्ड ०.१६ अंकले बढेका हुन् ।

आज मञ्जुश्री फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् भने खानीखोला हाइड्रोपावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ३.८५ प्रतिशतले घाटा व्यहोरेका छन् ।

Advertisement

Advertisement

Advertisement