ज्योति विकास बैंकद्वारा शेयरधनीहरुलाई १२.७५ प्रतिशत लाभांश दिने घोषणा

Advertisement

काठमाडौँ । ज्योति विकास बैंकले शेयरधनीहरुलाई १२.७५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले आव २०७५/७६ को वितरणयोग्य तथा जगेडा कोषबाट १२.७५ प्रतिशका दरले बोनस शेयर वितरणका लागि प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव पारसराज कँडेलले जनाएका छन् ।

राष्ट्र बैंकबाट स्वीकृति र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि बोनस शेयर वितरण हुने कम्पनी सचिव कँडेलले बताए ।

Advertisement

Advertisement

Advertisement