इरानी आक्रामणमा ३४ अमेरिकी सेना घाइते

Advertisement

काठमाडौं । इरानले गरेको रकेट आक्रमणमा ३४ जना अमेरिकी सेना घाइते भएको पुष्ठि भएको छ । इरानले आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानीको हत्याको प्र्रतिरोधमा इराकस्थित अमेरिकी सेनाको बेस क्याम्पमा हवाई आक्रमण गरेको थियो । ति आक्रमणमा परि ३४ जना अमेरिकी सेना घाइते भएको पुष्ठि भएको हो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डाभोस इकोनोमिक फोरममा आफ्ना सेना घाइते भएको स्वीकार गरेका हुन् । यद्यपी उनले आफ्ना सैनिक गम्भिर घाइते भने नभएको दावी गरेका छन् ।
ति अमेरिकी सेनाको टाउकोमा चोट लागेको र यतिबेला सुक्ष्म निगरानीमा उपचार भैरहेको पनि उनले स्वीकार गरेका छन् ।

Advertisement

Advertisement

Advertisement