आइएमई जनरल इन्स्योरेन्सको अध्यक्षमा पुनः हेमराज ढकाल चयन

Advertisement

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको २२ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

साधारण सभाबाट संस्थापक समूहबाट हेमराज ढकाल, अम्बिकाप्रसाद पौडेल र सुरेश देवकोटा सञ्चालकमा निर्वाचित भएका हुन् भने सर्वसाधारण समूहबाट राजेन्द्रसिंह भण्डारी र सीताराम थापा सञ्चालकमा निर्वाचित भएका छन् ।

निर्वाचित सञ्चालकहरु मध्येबाट ढकाल ४ वर्षका लागि अध्यक्षमा चयन भएको कम्पनीले जनाएको छ ।

यसैबीच साधारण सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर बापतको नगद लाभांश पारित गरेको छ ।

Advertisement

Advertisement

Advertisement