माछापुच्छ्रे बैंकबाट बाहिरिए सुमन शर्मा, सन्तोष कोइरालालाई कामु सिइओ

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकबाट सुमन शर्मा बाहिरिएका छन् । बैंक सञ्चालक समितिले फागुन २८ गते शर्मालाई पत्र थमाउँदै चैत १ गतेबाट कार्यकाल सकिने जानकारी दिएको हो ।

चार वर्षका लागि सिइओ नियुक्त भएका शर्मालाई २३ महिनामै विदा गरिएको हो ।

सोही मितिबाट लागु हुने गरि बैंक सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई कायम मुकायम सिइओको जिम्मेवारी दिएको छ ।  कोइराला विगत १७ वर्षदेखि बैंकिङ क्षेत्रमा छन् ।

बैंक अफ काठमाण्डूबाट करिअर थालेका कोइरालाले त्यहाँ ४ वर्ष काम गरे । त्यसपछि सानिमा बैंकमा ९ वर्ष काम गरेका उनले त्रिभुवन विश्व विद्यालयबाट एमबीएसम्म्को अध्ययन गरेका छन् ।

Advertisement

Advertisement

Advertisement