एनआईसी एशिया लघुवित्तको आईपीओ बाँडफाँड आइतबार, कति जनाले कति कित्ता पाउलान ?

Advertisement

काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको साधारण शेयर(आईपीओ) ३ लाख ९७ हजार ७४१ जनाले पाउने भएका छन् भने १६ हजार ४९७ जना आवेदकले शेयर पाउने छैनन् ।

शेयरका लागि आवेदन दिएका अधिकांशले न्यूनतम १० कित्ता शेयर पाउने छन् भने केहीले गोलाप्रथाबाट २० कित्ता सेयर पाउने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलले जनाएको छ ।

कम्पनीले ४७ करोड ५५ लाख रुपैयाँको ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्कासन खुल्ला गरेको थियो । असार १० गतेदेखि छिटोमा १४ गतेसम्म आईपीओका लागि आवेदन दिने समय निर्धारण गरिएको थियो । आवश्यय भन्दा बढी नै आवेदन परेपछि सोही मितिमा आवेदन दिने अवधि समाप्त भएको थियो ।

प्रि अलटमेन्टकोको काम सकिएको र शेयर बाँडफाँड आइतबार हुने बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । उक्त कम्पनीको आईपीओका लागि ४ लाख १४ हजार १८० जनाले २ करोड २० लाख ६६ हजार ३९० कित्ताको लागि आवेदन दिएका छन् ।

सर्वाधिक ठूलो एनआईसी एसिया लघुवित्तको आइपीओमा आवेदन खुल्यो

एनआईसी एशिया लघुवित्तको आईपीओ असार १० गतेदेखि, २ लाख कित्तासम्म आवेदन दिन सकिने

Advertisement

Advertisement

Advertisement