कोरोनाबाट ४९ दिनका शिशुको मृत्यु, ज्यान गुमाउने संख्या ३१ पुग्यो

Advertisement

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणबाट आज एक शिशुको मृत्यु भएको छ ।

म्याग्दी जिल्ला धवलागिरि नगरपालिका–४ स्थायी बसोबास भएको ४९ दिनको ती शिशुको बुधबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

लामो समयदेखि स्वास्थ्यमा समस्या भएपछि ती शिशुलाई यही असार ९ गते ती अस्पतालमा भर्ना गरिएको थियो । उनीसँगै कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।

Advertisement

Advertisement

Advertisement